भूकम्पको केन्द्रबिन्दु खोटाङमा भौतिक संरचनामा क्षति, विवरण सङ्कलन हुँदै : भूकम्पपछि पटक-पटक परकम्प

काठमाण्डाै - ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङमा पटक-पटक परकम्प गएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प गएलगत्तै पटक-पटक परकम्प गएको खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले उज्यालोलाई जानकारी दिनुभयो ।  भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । तर, यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । अहिले पालिकाका जनप्रतिनिधि, उद्धारकर्मी र सुरक्षाकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनी...