नुवाकोट केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव ३ रेक्टरको परकम्प

काठमाण्डौ –  (अपडेट) नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ । २०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन । यसअघि गएको आइतवार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि...

सम्बन्धित सामग्री

शनिवार बिहान भूकम्पको धक्का महशुस

बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शनिवार बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो । यस अघि भदौ २ गते सिन्धुपाल्चोक केन्द्र भएर ४.२  म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस्तै साउन २१ मा नुवाकोट केन्द्र भएर ५.३  म्याग्नेच्युडको भूकम्प गएको थियो  । साउन  १५ गते खोटाङ केन्द्र बनाएर म्याग्नेच्युडको भूकम्प गएको थियो । यस भूकम्पले घरहरु भत्काउनुको साथै विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको थियो ।

गोरखा भूकम्पपछि ५० हजारभन्दा धेरै परकम्प

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ ।  यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको  छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्ले...