नवनियुक्त प्रदेश प्रमुखलाई १०१ किलोको माला

प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई युवाले विमानस्थलमा स्वागत गरेका छन् । कार्यभार सम्हाल्न आइतबार जनकपुरधाम आएका प्रमुख झालाई स्थानीय युवाले १०१ किलोको माला लगाइदिएका थिए ।  तस्बीरः  रासस

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रमुखहरुलाई माला

काठमाडौँ,२८ मँसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलाई स्थानीयवासीले लगाइदिएको बीस/बीस किलोको माला । तस्बिरःसनिउल्ला धोबी/रासस

किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

१७ मंसिर, वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५  बहुअरीमा उनीहरूलाई २ सय  ५ किलोको माला लगाइदिएका हुन् । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न […]

श्रेष्ठ र सोनललाई १५१ किलोको माला

सत्ता गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले १ सय ५१ किलोको मालाले सम्मान गरेका छन् । बाराको विश्रामपुर गाउँपालिका वडा नं ४ मा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित संघीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई सम्मान स्वरूप १५१ किलोको माला लगाइदिएका हुन् । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट बारामा श्रे

किसान र सोनललाई १५१ किलोको माला

११ मंसिर, वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १५१ किलोको माला लगाएर सममान गरिएको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिन्दाले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । निर्वाचित भएपछि मतदातालाई […]

प्रदेश २ : मिश्रले सम्हाले प्रदेश प्रमुखको पद

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार आफ्नो पदभार सम्हालेका छन्। बुधबार दिउँसो करिब २ बजे जनकपुरधाम आएका उनले मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पद सम्हालेका हुन्।जनकपुर विमानस्थलमा उनको भव्य स्वागत गरिएको थियो। प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विमानस्थलमा उनको स्वागत गरेका थिए।प्रदेश प्रमुख मिश्रको स्वागत गर्न उनको गाउँ महोत्तरी पिपराका स्थानीय ठूलो संख्यामा आएका थिए। उनलाई माला लगाउन तँछाडमछाड भएको थिय

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला

महोत्तरी – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई जनकपुरमा एक सय एक किलाेकाे माला लगाएर स्वागत गरिएको छ । आइतबार दिउँसो जनकपुर आउनुभएका प्रदेश प्रमुख झालाई स्थानीय युवाकाे समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् । प्रमुख झा एखरपोर्टबाट रामजानकी मन्दिर पुग्नुभएकाे छ । उहाँले आइतवार नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।पदभार ग्रहणका लागि जनकपुर आउनुभएका झालाई स्वागत गर्न प्रदेश सरकारका काेही प्रतिनिधि सहभागी थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे शुक्रवार नेकपाकाे...

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

जनकपुर : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झा लाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो। नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश…

जनकपुरधाम पुगेका प्रदेश प्रमुख झाको स्वागतमा १०१ किलोको माला

प्रदेश दुईका नवनियुक्त राजेश झालाई उनका समर्थकहरुले  १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन्। आज करिब पौने पाँच बजे जनकपुर पुगेका प्रदेश प्रमुख झालाई उनका समर्थकले उक्त माला लगाएर स्वागत गरेका हुन्।