मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले आगामी स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरको सबै क्षेत्रमा काँग्रेसले जितेको दिन आफूले माला लगाउने बताएका छन् । उनले मकवानपुरका २ वटा प्रतिनिधिसभा र प्रदेशका ४ वटा क्षेत्रमा काँग्रेसको उम्मेदवारले जितेका दिन आफ्नो चाहना पुरा हुने भएकाले त्यसदिन आफूले माला लगाउने बताए । ‘काँग्रेस भित्रको आन्तरिक चुनावमा भएको हार जितबाट कोही पनि निराश हुनु जरुरी छैन ।