जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार आफ्नो पदभार सम्हालेका छन्। बुधबार दिउँसो करिब २ बजे जनकपुरधाम आएका उनले मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पद सम्हालेका हुन्।जनकपुर विमानस्थलमा उनको भव्य स्वागत गरिएको थियो। प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विमानस्थलमा उनको स्वागत गरेका थिए।प्रदेश प्रमुख मिश्रको स्वागत गर्न उनको गाउँ महोत्तरी पिपराका स्थानीय ठूलो संख्यामा आएका थिए। उनलाई माला लगाउन तँछाडमछाड भएको थिय