नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

जनकपुर : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झा लाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो। नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश…

सम्बन्धित सामग्री

प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी

काठमाडौं, ३१ असोज । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ […]

सलामी लिँदै प्रदेश प्रमुख

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा सलामी अर्पण गर्दै नेपाली सेना । तस्बिर, रासस

को हुन् कर्णालीका प्रदेश प्रमुख तिलक परियार?

सुर्खेत : कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियारले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को कोटाबाट प्रदेश प्रमुख भएका हुन्।मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।परियार यसअघि नै प्रदेश प्रमुख भइसकेका हुन्। प्रदेश २ का प्रदेश प्रमुख रहेका बेला परियारलाई तत्कालीन प्रधानमन्त्री केपी श

प्रदेश प्रमुख गुरुङद्वारा पदवहाली

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पदवहाली गरेका छन् । सो अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हामी नेपालीले ६/७ दशकदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै यसको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य हो भने । प्रदेश प्रमुख गुरुङलाई स्वागत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका लागि दशकौंदेखि सङ्घर्षरत व्यक्तिलाई प्रदेश […]

नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनद्वारा पदबहाली

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । शुक्रबार पदबहाली गर्दै उनले सबैको सहअस्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिए ।सरकारले गत मंगलबार दुईवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको थियो । मन्त्रिपरिषद बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।प्रदेश प्रमुखका रुपमा शेरचनको यो दोस्रो जिम्मेवा

दुई प्रदेश प्रमुख पदमुक्त

काठमाण्डाै – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएकाे छ । मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेकाे थियाे । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६५ काे उपधारा १ काे खण्ड ख बमाेजिम पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा भनिएकाे छ ।...

गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त गरेकी थिइन्। संविधानको धारा १६३ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि […]

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

प्रदेश प्रमुख फेरिन सक्ने

काठमाडौँ । तीन प्रदेशका प्रदेश प्रमुख फेरिन सक्ने देखिएको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद बैठकमा गण्डकी, लुम्बिनी र प्रदेश–२ का प्रदेश प्रमुख परिवर्तन हुन सक्ने छ । मन्त्रिपरिषद बैठक अहिले पनि जारी छ ।

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।