अढाई करोड रुपैयाँमा ब्यालेट एक्स-रे खरिद गर्दै भन्सार कार्यालय

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले विदेशबाट आएका सामानको स्क्यानिङ गर्न समय धेरै लागेको गुनासो बढेपछि अर्को एक्स-रे रे मेसिन थप्‍ने प्रक्रिया सुरु गरेको छ। भन्सार कार्यालयले अहिले एक्स-रे मेसिन खरिद गर्नको लागि इ टेन्डर समेत आह्वान गरिसकेको छ। भन्सार कार्यालयले करिब साढे २ करोड रुपैयाँको ब्यालेट एक्स-रे रे खरिद गर्न लागेको…

सम्बन्धित सामग्री

आजपाद्वारा भन्सार कार्यालय घेराउ

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै आइतबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ । आम सम्पर्क मञ्चको शनिबार सम्पन्न राष्ट्रिय भेलाले सरकारको विभेदकÞारी एवं लुटकारी राजस्व नीतिको बिरुद्ध आइतबार (पुस १ गते) देखि भन्सार विभागमा […] The post आजपाद्वारा भन्सार कार्यालय घेराउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भन्सार कार्यालय वृद्धिको लाभ

भारतले नेपालसँगको सीमावर्ती क्षेत्रमा १९ ओटा ल्यान्ड कस्टम स्टेशन (भन्सार कार्यालय) स्थापना गर्ने तयारी गरेको छ । भारतले नेपालसँगको द्विपक्षीय व्यापार अभिवृद्धि र सुधारका लागि भन्सार कार्यालय थप गर्ने बताइरहँदा नेपालले यस्ता कार्यालयबाट कसरी लाभ लिन सकिन्छ भन्नेबारे सोच्न आवश्यक छ । भारतले नेपालसँगको व्यापार सुदृढीकरणका लागि समन्वय, सहयोग र सहकार्यको सिद्धान्तलाई अघि बढाउँदै कार्यालय थप गर्न थालेको भारतीय गृहमन्त्रीले उल्लेख गरेका छन् ।  भारत नेपालसँग सीमा जोडिएको नजिकको छिमेकी मात्र नभई खुला सिमानाको मुलुक पनि हो । यस्तो अवस्थामा भारतले भन्सार कार्यालय थप गर्नु राम्रो हो । भारतले विशुद्ध आफ्नो लाभका लागि भन्सार कार्यालय थप गर्न लागे पनि यसबाट नेपाली व्यवसायीलाई पनि सहज हुन्छ । थपिने भन्सारमा १० ओटा विहार राज्यमा स्थापना गर्ने भनिएको छ । नेपालको कोशी, मधेश प्रदेशसहित भौगोलिक र भौतिक रूपमा व्यापारको बढी सम्भावना भएका क्षेत्रको सिमाना भारतको विहार राज्यसँग जोडिएको छ । अहिले भारतबाट सामान लिएर गाउने ट्रकहरूमध्ये धेरैजसो रित्तै फर्कने गरेका छन् । के नेपालले यस्ता ट्रकमा सामान राखेर भारत निकासी गर्न सक्दैन ? भारतले नेपालमा आलुप्याजदेखि विभिन्न उपकरण पठाउँछ भने नेपालले पनि केही न केही पठाउन सक्नुपर्ने हो । नेपालमा आवश्यक पर्ने तर आधुनिक उपकरण तत्काल उत्पादन गर्न कठिन हुन्छ भने पनि भारत र नेपालको समान भौगोलिक अवस्था र हावापानीमा उत्पादन हुने कृषि र पशुजन्य उत्पादन एक अर्को देशमा पुग्नु पर्ने हो ।  नेपालमा उत्पादन भएको कृषिबाली भारतमा निकासी हुन सक्छ भन्ने कुरा केही समय अघी नेपालबाट भारतमा गोलभेडा निकासी हुन सकेकोबाट पुष्टि भइसकेको छ । यसले भारतमा आवश्यक पर्ने उत्पादन नेपालमा हुन सक्दा निकासी हुन सक्दो रहेछ भन्ने देखाएको छ । यसबाहेक अलैंची, चिया, अदुवाजस्ता उत्पादन पनि भारत जाने गर्छन् । केही वर्षअघिसम्म नेपालबाट ठूलो मात्रामा गाईबस्तुको घ्यू भारत निकासी हुने गथ्र्यो । तर, पछिल्लो समयमा भारतमा हुने निकासी घट्दो छ । यसको विपरीत आयात हुने वस्तु बढेको बढ्यै छन् । त्यसैले नेपालले भारत र अन्तरराष्ट्रिय बजारमा के कुराको आवश्यकता छ, त्यतातर्फ ध्यान दिन आवश्यक देखिएको छ । यो कुरा सामान्य किसानका लागि कठिन होला तर सरकारी निकाय र ठूला निजीक्षेत्रले सोच्न आवश्यक छ ।

चीनसँगकाे सीमा नाका बन्द हुँदा ओलाङचुङगाेला भन्सार कार्यालय ठप्प

ताप्लेजुङ – ताप्लेजुङ र चीनबीचको सीमा नाका लामो समयदेखि बन्द हुँदा ओलाङचुङगोला भन्सार कार्यालय ठप्प भएको छ । तिप्ताला भञ्ज्याङ नाका चीनले बन्द गर्दा ओलाङचुङगोला भन्सार कार्यालयले गएको चार वर्षदेखि राजस्व सङ्कलन गर्न सकेको छैन । कोरोनाको जोखिम बढेसँगै चीनतर्फको उत्तरी नाका बन्द भएपछि राजस्व सङ्कलन हुन नसेको हो । जिल्ला सदरमुकामबाट तीन दिनको पैदलयात्रापछि पुगिने फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोलामा भन्सार कार्यालय रहेको छ । यस नाकाबाट कोरोनाभन्दा अगाडि पनि धेरै राजस्व सङ्कलन भने हुने गरेको थिएन । आयात निर्यातको...

छोटी भन्सार पुनःस्थापनामा ढिलाई

बिर्तामोड- सशस्त्र द्वन्द्वका समयमा विस्थापित झापाका छोटी भन्सार कार्यालय पुनःस्थापना हुन सकेको छैन् । भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व चुहावट बढेको छ । छोटी भन्सार कार्यालयको उचित रेखदेख हुन नसक्दा झाडीमा परिणतभई जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ । नेपालको सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ […]

४ वर्षदेखि भन्सार कार्यालय बन्द

ताप्लेजुङ – हिमाली क्षेत्रबाट विभिन्न सामाग्री निकासी गर्न राजस्व सङ्कलनका लागि स्थापना भएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ मा रहेकाे ओलाङचुङगोला भन्सार कार्यालय चार वर्षदेखि बन्द छ ।  भन्सार कार्यालयमा एक खरिदार र एक कार्यालय सहयाेगी गरी दुई जनाको दरबन्दी भए पनि रिक्त रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताउनुभयो । कोरोना सङ्क्रमण सुरु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै बन्द रहेको भन्सार कार्यालयमा तीन वर्ष देखि कर्मचारी नहुँदा पनि खाेलाउनका लागि सम्बन्धित निकायबाट पहल भएको छैन । महालेखापरीक्षक...

कृष्णनगर भन्सार कार्यालय सक्रिय बन्दै

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोड बढीको राजस्व संकलन गरेको छ । भन्सार गस्ती टोलीले अवैध रुपमा नेपाल भित्रिने मालसमान धमाधम नियन्त्रण गर्न थालेपछि भन्सार कार्यालयले दुई साता मै १ करोड बढीको राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि सो भन्सार कार्यालयले अवैध आयात रोक्न […]

नेपालगञ्ज भन्सार कार्यालय लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रूपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ । गत आर्थिक […]

वर्षौंसम्म पनि लिलाम हुन नसकेपछि मोटरसाइकलले भरियो कैलाली भन्सार कार्यालय

१७ माघ, कैलाली। कैलालीको टीकापुर नगरपालिका-९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ । भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो । भन्सार कार्यालयमा अहिले ५०० भन्दा बढी मोटरसाइकल थन्किएका छन् । कार्यालयले मुख्य भन्सार कार्यालय स्थापना भएदेखि नै नियमविपरीत सञ्चालनमा […]

नाक्चेलाग्ना भन्सार कार्यालय सहयोगीको भरमा

मुगु, (नेस)  । मुगु जिल्लामा रहेको एकमात्र सीमानाका नाक्चेलाग्ना भन्सार २ वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको छ ।भन्सार कार्यालयका कर्मचारीहरु नियमित कार्यालयमा नबस्नाले २ वर्षयता २ जनाको सहयोगीको भरमा मात्रै सञ्चालन हुँदै आएको हो ।भन्सार कार्यालय सञ्चालनका लागि सीमानाकामा रहेको मुगु गाउँमा एक घर र गागढी बजारमा एक घर गरी दुई घर भाडामा […]

भन्सार कार्यालय चौबिसै घन्टा चलाउन निजी क्षेत्रको माग

निजी क्षेत्रले केही भन्सार कार्यालय चौबिसै घन्टा सञ्चालन गरिनुपर्ने माग राखेको छ । भन्सार जाँचपासलाई छिटो र छरितो बनाउन तथा चाप घटाउन प्रमुख भन्सार कार्यालयहरू चौबिसै घन्टा चलाउनुपर्ने निजी क्षेत्रले माग...