ताप्लेजुङ – हिमाली क्षेत्रबाट विभिन्न सामाग्री निकासी गर्न राजस्व सङ्कलनका लागि स्थापना भएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ मा रहेकाे ओलाङचुङगोला भन्सार कार्यालय चार वर्षदेखि बन्द छ ।
भन्सार कार्यालयमा एक खरिदार र एक कार्यालय सहयाेगी गरी दुई जनाको दरबन्दी भए पनि रिक्त रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताउनुभयो । कोरोना सङ्क्रमण सुरु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै बन्द रहेको भन्सार कार्यालयमा तीन वर्ष देखि कर्मचारी नहुँदा पनि खाेलाउनका लागि सम्बन्धित निकायबाट पहल भएको छैन । महालेखापरीक्षक...