काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा […]
काठमाडौँ । बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन घरपरिवारमा टीका लगाएपछि आज आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने परम्परा छ। टाढा रहेका मान्यजनकहाँ जानेहरू कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउन जाने गर्दछन्। नेपालका कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन भए […]
महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा बुधबार साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गरेको विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ । सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावणवध खास महत्वको […]
रुसले युक्रेनसँगको शान्ति वार्ता पुनः सुरु गर्न सैद्धान्तिक रूपमा तयार रहेको बताएपछि केही घण्टामै युक्रेनको राजधानी किएभमा नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ ।
काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर २२ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि । आज पापाङ्कुशा एकादशी व्रत । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। […]