गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । उक्त गाउँपालिकाको वडा नं २ स्थित खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् । घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्