पुण्यमातामा बाढी : फेरि डुब्यो बनेपाको पुल बजार, सडक पार गर्न टिपरको साहरा

काठमाडौं : आइतावार मध्य रातदेखि परेको अविरल वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। पुण्यमाता खोलामा बाढी आउँदा बस्ती नै डुबानमा परेको हो। अरनिको राजमार्गमा गाडी डुबाउने गरि सडकमा भेल बगेको छ। पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन संचालनमा पनि अवरोध पुगेको छ।  सम्बन्धित समाचार : बनेपाको पुलबजार डुबानमा…

सम्बन्धित सामग्री

नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो

नुवाकोट । मंगलवार राति वर्षासँगै तादी खोलामा बाढी आउँदा जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । तादी खोलामा बाढी आउँदा ५ वटा पक्की पुल, धानखेती तथा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले जिल्लाकै प्रसिद्ध जालपादेवी मन्दिरमा क्षति पु-याएको छ । वर्षाको कारण राजधानी काठमाडौ जाने छोटो मार्ग छहरे–टोखा सडक खण्डको ढिकुरे बजारमा रहेको पक्कीपुलमा […] The post नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बाढी पहिरोले ५ सडक पूर्ण र १३ आंसिकरुपमा अवरुद्ध

काठमाडौँ- वर्षाका कारण बाढी पहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्ण रुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा […]

पाँचथर : बाढी पहिरोले अवरुद्ध भएका सडक सञ्चालनमा आउन थाले

पाँचथर– पाँचथरमा अविरल वर्षासँगै आएको बाढी पहिरोले अवरुद्ध भएका सडकहरु सञ्चालनमा आउन थालेका छन् । निवु खोलाले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम–यासोक खण्ड बुधबार (आज) बिहानैदेखि सञ्चालनमा आएको छ । बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर बगाएको सडक मर्मत गरिएपछि सडक सञ्चालनमा आएको हो । पुल र सडक कोसी करिडोरले मर्मत गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनुभयो । जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर निबु खोला सिवा दोभान क्षेत्रम...

हेलम्बु बाढी: २२ घर र दुई पुल बगे, तीन घर र दुई पुल डुबानमा

सिन्धुपाल्चोक । असार १ पछि आज फेरि आएको मेलम्ची बाढीले २० घर बगाउनुका साथै ३ घर डुबानममा परेको छ । बाढीले बिहान हेलम्बु र मेलम्ची जोड्ने चनौटेको रातो पुलसमेत बगाएको छ । जसले हेलम्बुसँगको सडक सम्पर्क टुटेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीका अनुसार चनौटेको पक्की पुलसहित अर्काे एक झोलुंगे पुल […]

बाढी र पहिरोका कारण देशभरका १५ सडक खण्ड अझै बन्द

काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएमा देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।  ६६ वटा सडक खण्ड एकतर्फी  रुपमा सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।  काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन । सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो । यस्तै ठाउँ/ठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको...

बाढी पहिरोबाट पुलमा पुगेको क्षति अध्ययन गर्न कार्यदल गठन

२२ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोबाट सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । उक्त समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण […]

मनाङमा बाढी–पहिरोले सडक र पुल बगाएपछि पैदल हिड्न समेत सकस

लगातार वर्षाका कारण मनाङको मस्र्याङदी नदीमा आएको बाढी–पहिरोले भौतिक संरचनाको ठूलो क्षति पुर्‍याएको छ । बाढीले सडक, पुल, हाइड्रो पावर र बस्तीमा ठूलो क्षति पुर्‍याएको हो । बाढी–पहिरोका कारण सडक र पुल बगाएपछि मनाङ जिल्लाको चामे, नासो, ङिस्याङ र नार्पाभूमि ...

बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

काठमाण्डाै – बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु भएपछि आएको बाढी र पहिरोका कारण देशभरका १२ वटा सडक पूर्ण रूपमा बन्द छन् । २८ वटा सडक आंशिक अर्थात् एकतर्फी सञ्चालनमा छन् । अहिले १६ वटा सडक भने नियमित सञ्चालन भैरहेका छन् । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङका विभिन्न खण्डमा मर्स्याङ्दी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा बन्द भएको छ । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा ठप्प छ । साँफेबगर–मार्तडी–कोल्टी सडक...

सिन्धुपाल्चोकको बाढी पहिरोमा परी ७ जनाको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। सो बाढी पहिरोमा अन्य दर्जनौं बेपत्ता भएको बताइएपनि अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल जानकारी दिए। मेलम्ची र हेलम्बुमा बाढी–पहिरोले व्यापक क्षति पु¥याएको छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगाएको छ भने सडक भत्किएपछि यातायात सम्पर्क विच्छेद भएको छ।