बाढी प्रभावित मेलम्ची र हेलम्बुमा पूर्वाधार विकासका लागि पहल गर्ने सभामुखको प्रतिवद्धता

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोबाट क्षति भएको सडक, पुल र बिद्युत स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।  यस वर्षको बाढी र पहिरोबाट पीडित एवम् विस्थापितहरुलाई सहजीकरण गर्न गठित विपद व्यवस्थापन सर्वपक्षीय समितिबाट शनिबार ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले यस्तो प्रतिबद्धता जनाएका हुन् । समितिका आबद्ध अधिकारीहरुले मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत र सञ्चार सम्

सम्बन्धित सामग्री

बाढी प्रभावित मेलम्चीमा बिजुली पुर्‍याउने पहल

काठमाडौं । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाय अपनाएर बिजुली पुर्‍याउन पहल थालेको छ । पछिल्लो पटकको बाढीले इन्द्रावती–३  हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा क्षति पुर्‍याउँदा तीन ट्रान्समिसन लाइन बगाएको थियो । मेलम्चीबासी अँध्यारोमा बस्नु परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिएकी छन् ।   उनले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई  मन्त्रालयमा बोलाएर उक्त निर्देशन दिएकी हुन् । रासस

बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्‍याउन पहल थालियो

काठमाडौं । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पु¥याउन पहल थालेको छ । पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पु¥याएको थियो । […]

बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्याउन पहल थालियो

सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पु¥याउन पहल थालेको छ ।     पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पु¥याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।    गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

साउन २०, काभ्रेपलाञ्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।  गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलवार जारी अपिलमा भनिएको छ ।  बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।  ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महीनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए ।  पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात ओटा मेसिन लगातार एक महीनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवम् परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए । बाढी प्रभावितहरुको सम्पूर्ण विवरण संकलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रू. २५ हजार, रू.  २० हजार, रू.  १५ हजार र रू. १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य शुरु भइसकेको जानकारी दिएको छ ।  अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रू. ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने रू. पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रू.  तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए । प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ।  प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, संघसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ । नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।  बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ । रासस