मनाङमा बाढी–पहिरोले सडक र पुल बगाएपछि पैदल हिड्न समेत सकस

लगातार वर्षाका कारण मनाङको मस्र्याङदी नदीमा आएको बाढी–पहिरोले भौतिक संरचनाको ठूलो क्षति पुर्‍याएको छ । बाढीले सडक, पुल, हाइड्रो पावर र बस्तीमा ठूलो क्षति पुर्‍याएको हो । बाढी–पहिरोका कारण सडक र पुल बगाएपछि मनाङ जिल्लाको चामे, नासो, ङिस्याङ र नार्पाभूमि ...

सम्बन्धित सामग्री

असारको पहिलो सातादेखि अवरुद्ध माथिल्लो मनाङको यातायात सुचारु

असार २२, मनाङ । माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।  बाढीपहिराले क्षति पुर्‍याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए । उनका अनुसार प्राविधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ ।  मनाङ समाज र पूर्व सांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । ‘गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,’ उनले भने । खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उनले बताए ।   जिल्लाको तल्लो भागमा सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ ।  माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताए । ‘खाङ्सारदेखि माथिल्लो पिसाङसम्म आवतजावत गर्न मिल्छ भने त्यहाँबाट तल्लो भागमा सवारी चल्न सक्दैन,’ उनले भने ।  भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उनले बताए । ‘नेपाली सेनासँग सहकार्य गरी बम ब्लाष्टिङ गरेर सडक सञ्जाल निर्माण गर्नुपर्नेछ, बनाउने तयारी गरिरहेका छौं,’ उनले भने । जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ ।  सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन । माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ । लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ । अहिले जिल्लाबाट अन्यत्र जान जंगलको बाटो भएर हिड्नुपर्ने अवस्था छ ।  जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन । मर्स्याङ्दी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन । यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ । रासस