बाढी र पहिरोका कारण देशभरका १५ सडक खण्ड अझै बन्द

काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएमा देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।  ६६ वटा सडक खण्ड एकतर्फी  रुपमा सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।  काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन । सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो । यस्तै ठाउँ/ठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको...