चुनाव अघि शहीद परिवारलाई १-१ लाख बाँड्ने प्रदेश १ सरकारको तयारी

३१ भदौ, विराटनगर । प्रदेश १ सरकारले शहीद परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि नै विभिन्न राजनीतिक आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँको दरले राहत वितरण गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी […]

सम्बन्धित सामग्री

बुढीगंगा र केशलिया खोलामा करिडोर निर्माण गर्ने प्रदेश १ सरकारको तयारी

मोरङ – मोरङ र सुनसरी सीमा भएर बग्ने बुढीगंगा र केशलिया खोलामा करिडोर निर्माणको प्रस्ताव प्रदेश १ सरकारले अघि बढाएको छ। विराटनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै करिडोर निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा खोला नदी नियन्त्रणसँगै बस्ती विकास, सहरी वन विकास र कृषि क्षेत्रको आधुनिकीकरणको सम्भावनाबारे खुलाइएको छ। […]

प्रदेश १ : टेलिमेडिसिन र अनलाइन सेवा शुरु गर्ने सरकारको तयारी

विराटनगर : प्रदेश १ सरकारले दूर चिकित्सा सेवा (टेलिमेडिसिन) तथा अनलाइन सेवा शुरु गर्ने तयारी गरेको छ। प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज (सोमबार) विराटनगरमा दूर चिकित्सा सेवाको नीति बैठकको आयोजना गरि सो जानकारी दिएको हो।चालू आवबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलब्ध गराउन दूर चिकित्सा सेवा प्रभावकारी हुने मन्त्री आङ्बोले बताए। उनले चालू आवभित्रै सेवा सञ्चालन गरी १४ वटै जिल्ला अस

खेलकुद समिति सदस्य सचिवबाट पर्शुराम बस्नेतलाई हटाउने प्रदेश १ सरकारको तयारी

राजीनामा दिन अटेर गरेपछि प्रदेश १ सरकारले प्रदेश खेलकुद समितिको सदस्य सचिव पर्शुराम बस्नेतलाई हटाउने तयारीसहित स्पष्टिकरण सोधेको छ । अल्पमतमा रहेका तत्कालिन एमालेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले विवादित छवि...

सबै प्रदेशमा सिरिञ्ज पठाउने सरकारको तयारी

काठमाण्डाै - सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ । हिजो काेलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको हो । यो सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो । अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित भएको थियो । सिरिञ्ज अभावमा प्रदेश-१ का सुनसरी, झापा र मोरङ बाहेकका ठाउँमा &nbs...

कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका लागि प्रदेश सरकारको तयारी : मन्त्री यादव

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि राम्रो तयारी भइरहेको बताएका छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज (बुधबार) विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारीभन्दा राम्रो भइरहेको बताएका हुन्।उनले १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार केन्द्रहर

प्रदेश १ को खर्च कटौती

विराटनगर (अस) । प्रदेश १ को सदनभित्र बजेट आइरहँदा फजुल खर्चका विषयमा सबैभन्दा जोडदार आवाज उठाउने दुई नेता थिए– राजेन्द्र राई र इन्द्रबहादुर आङ्बो । अहिले तिनै राजेन्द्र राई मुख्यमन्त्री र इन्द्र आङ्बो आर्थिक मामिलामन्त्री बनेका छन् । दुवैले शपथ ग्रहणपछि बजेट संशोधन हुने बताउँदै आएका छन् । ‘फजुल खर्चहरू कटौती हुनेछन्,’ आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भने, ‘अत्यावश्यक बाहेक जथाभावी विनियोजित बजेट पुनरवलोकन गरिनेछ ।’ स्रोत अभावको सकस खेपेको प्रदेश १ सरकारले यसपटक फजुल खर्च रोक्न भोज, मनोरञ्जन, धार्मिक यज्ञ लगायत कार्यक्रम कटौती गर्न लागेको आर्थिक मामिला तथा योजना मन्त्रालयले बताएको छ । अघिल्लो सरकारले भोज, मनोरञ्जन, धार्मिक यज्ञलगायतका कार्यक्रम शीर्षकमा मात्रै ४० करोडभन्दा बढी रकम विनियोजन गरेको छ । सवारीसाधन खरीदका लागि छुट्याइएको १ अर्ब १ करोड बजेट पनि परिमार्जन गर्ने सरकारको तयारी छ । यस्तै विभिन्न तालीमका नाममा छुट्याइएको ३६ करोड रुपैयाँ फजुल खर्च भएको निष्कर्ष निकाल्दै त्यस्ता कार्यक्रम कटौती गरिने मन्त्रालयले बताएको छ । कार्यकर्ता पोस्नेगरी ल्याइएको ‘म अघि बढ्छु’ कार्यक्रम पनि सरकारले खारेज गर्ने भएको छ । अघिल्लो सरकारले सो कार्यक्रमका लागि ४ करोड ८० लाख विनियोजन गरेको थियो । नेताहरूको नाममा पार्क बनाउने भनेर विनियोजन गरेको बजेट पनि कटौती गर्ने तयारी रहेको बताइएको छ । यो कार्यक्रममा ५ करोड विनियोजन छ । प्रदेशभित्र राजनेता पार्क स्थापना गर्न थप एक करोड विनियोजन गरिएकोमा त्यो कार्यक्रम पनि खारेज हुने भएको छ । शेरधन राई नेतृत्वको सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । पहिलो चौमासिक अवधिमा प्रदेशको कुल बजेटमध्ये १६ दशमलव ५ प्रतिशत खर्च भइसकेको मन्त्रालयले बताएको छ । संघीय सरकारले दिने विभिन्न अनुदान, राजस्व, रोयल्टी बाँडफाट तथा आन्तरिक गरी सबै स्रोतबाट प्रदेशसँग ३० अर्बदेखि ३१ अर्ब हाराहारीको निश्चित स्रोत छ, जसमध्ये करीब २२ अर्बभन्दा बढी रकम बहुवर्षीय र स्रोत सुनिश्चित भइसकेका आयोजनालाई नै भुक्तानी गर्नुपर्ने बाध्यात्मक अवस्था सरकारलाई छ ।

प्रदेश १ को हिउँदे अधिवेशन शुरू

विराटनगर । प्रदेश १ सरकारको नेतृत्व गरेको नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री हिक्मतकुमार कार्कीले सरकारले संविधान अनुसार विश्वासको मत लिने बताएका छन् । शुक्रवारदेखि शुरू भएको प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशनमा उनले संविधानको परिपालनाबाट सरकार नचुक्ने दाबी गरे । प्रदेशसभामा एमाले विभाजनको पत्र प्राप्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रिया शुरू हुने उनले बताए । ‘सरकारले निर्धारित मितिमा विश्वासको मत लिन्छ,’ उनले भने । संसद्मा विश्वासको मत ल्याएर प्रमाणित गरेर देखाइदिने उनको दाबी छ ।  संसद्मा विश्वासको मत प्राप्त हुने नसके पनि एमालेलाई आपत्ति नभएको उनले बताए । एमाले रचनात्मक प्रतिपक्ष भएर बस्न राजी रहेको कार्कीको भनाइ थियो । विपक्षी दलका नेताहरूले भने सरकार असंवैधानिक रूपमा चल्न खोजेको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश सरकारलाई सहज तरीकाले निकास दिन आग्रह गरे । मुख्यमन्त्री भीमप्रसाद आचार्य राजनीतिक रूपमा परिपक्व नेता भएकाले सहजरूपमा निकास दिनेमा आशावादी रहेको कार्कीले बताए । नेकपा माओवादी केन्द्र, संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारले आफ्नो आयु लम्ब्याउँदै अल्मलाउन खोजेको आरोप लगाए । विश्वासको मत प्राप्त गरेर नेतृत्व लिए आफूहरूलाई आपत्ति नहुने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले संसद्मा सांसदको बसाइबाटै सरकारको हैसियतको छिनोफानो भएको बताए । एमालेमा जग्गा हस्तान्तरण गरेजस्तो गरेर पद हस्तान्तरण गरिएको भन्दै उनले व्यंग्य गरे । जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले सरकारले बहुमत सिद्ध गर्न विशेष अधिवेशन नबोलाएर हिउँद नै नलागी हिउँदे अधिवेशन शुरू गरिएको बताए । सदनमा सत्तापक्ष अल्पमतमा परेर पनि बहुमतमाथि शासन चलाएको उनको भनाइ थियो । यसैबीच, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैं मनाएर कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गरे । शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने जानकारी दिएका हुन् । विश्वासको मत लिन असोज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ ।

प्रदेश १ मा छलफलबीनै बजेट पारित गर्ने सरकारको तयारी

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट छलफलबीनै  पारित गर्ने तयारी गरेको छ ।  १५ दिन अगाडि नै आगामी बजेटबारे छलफल सकाएर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएपनि प्रदेश...

प्रदेश १ सरकारले विपन्नलाई निःशुल्क ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने

विराटनगर : प्रदेश १ सरकारले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने भएको छ। जसका लागि १० रुपैयाँ पनि जम्मा गर्न सकिनेछ। विपन्न नागरिकको उपचारका लागि स्वास्थ्य कार्यक्रम ल्याउने प्रदेश १ सरकारको तयारी छ।प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नलाई केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार बताएकी हुन्।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिँदै उनले सो कुरा बताएकी हुन्। विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट

शिक्षण अस्पताल सञ्चालन गर्ने प्रदेश १ सरकारको तयारी

३ साउन, काठमाडौं । प्रदेश १ सरकारले आफ्नै मातहतको शिक्षण अस्पताल सञ्चालनको प्रकृया अघि बढाएकोे छ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास प्रदेश सरकार लागेको हो । प्रदेश सरकारले आफनो वजेट भाषणमार्फत प्रदेश १ मा सुविधा सम्पन्न शिक्षण अस्पताल सञ्चालन गर्ने बताएको थियो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश …