शिक्षण अस्पताल सञ्चालन गर्ने प्रदेश १ सरकारको तयारी

३ साउन, काठमाडौं । प्रदेश १ सरकारले आफ्नै मातहतको शिक्षण अस्पताल सञ्चालनको प्रकृया अघि बढाएकोे छ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास प्रदेश सरकार लागेको हो । प्रदेश सरकारले आफनो वजेट भाषणमार्फत प्रदेश १ मा सुविधा सम्पन्न शिक्षण अस्पताल सञ्चालन गर्ने बताएको थियो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश …

सम्बन्धित सामग्री

दमकमा विशिष्टीकृत बाल अस्पताल चलाइने

झापाको दमकमा दमक विशिष्टीकृत प्रादेशिक बाल अस्पताल सञ्चालन हुनेभएको छ । सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुने उक्त बाल अस्पतालका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाएको छ । दमक–७ स्थित रेडक्रस भवनमा सञ्चालन हुने बाल अस्पतालका लागि प्रदेश १ सरकारले तीन करोड रुपियाँ विनियोजन गरेको छ । ५० शैøयाको अस्पतालका लागि अहिले भएका संरचना र नयाँ संरचना बनाउनसमेत रेडक्रसले ३० वर्षका लागि निःशुल्क रूपमा उपलब्ध गराउने बताइन्छ ।

सोल्टी होटलद्वारा किओच–काठमाडौं बाल अस्पताललाई सहयोग

काठमाडौं (अस) । सोल्टी होटेलले किओच–काठमाडौं बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । होटेलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सञ्चालन गर्ने किओच–काठमाडौं बाल अस्पतालको भवन निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग गरेको हो । होटेलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालको भवन निर्माणमा सहयोग गरिएको जानकारी दिएको छ । सोमवार होटलमा आयोजित कार्यक्रममा होटलका अध्यक्ष दिनेश विष्टले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरे । होटेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवाका विभिन्न कार्यमा सहयोग गर्दै आएको अध्यक्ष विष्टले बताए । अस्पतालको भवन निर्माणमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको उनको भनाइ थियो । अस्पताल निर्माणबाट आगामी दिनमा सहज र सुलभ बाल स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास रहेको उनले बताए । संस्थाका अध्यक्ष कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए । काठमाडौंको बूढानीलकण्ठमा विशिष्टीकृत अस्पताल तथा अन्य प्रदेशहरूमा पनि सोही प्रकृतिको सेटेलाइट अस्पताल सञ्चालन गर्न लागिएको जानकारी उनले दिए । काठमाडौंमा बाल अस्पताल निर्माण शुरू भएको र प्रदेश १ को दमकमा इन्स्टिच्युटको पहिलो अस्पताल सञ्चालनको तयारी भइरहेको उनले बताए । होटेलले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

प्रदेश १ बजेटमाथिको छलफल : नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको आरोप

विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नमिलेको मंगलवार प्रदेशसभा बैठकमा सभाका सदस्यहरूले बताएका छन् । बजेट अधिवेशनको दशौं बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा छिद्रहरू रहेको औंल्याउँदै मुख्यमन्त्री केन्द्रित बजेट आएको आरोप लगाए । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र त्यसका आधारमा ल्याएको बजेटमा आकाश जमीनको फरक रहेको टिप्पणी गरे । कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर गतवर्ष बजेट ल्याएको सरकारले बल्लतल्ल स्थापना गरेको कोभिड अस्पताल नै झन्डै चार महीना बन्द गरेर राखेको भन्दै उनले सरकारको बजेट कार्यान्वयन गर्ने तरीकाप्रति कटाक्ष गरे । बजेटले किसान, मजदूर, भविष्य खोज्दै गरेका विद्यार्थी, महिला र बालबालिकालाई सम्बोधन नगरेको, तर मुख्यमन्त्रीको नाममा आवश्यकताभन्दा धेरै कार्यक्रम राखिएको भन्दै उनले आलोचना गरे । प्रदेशसभा सदस्य उमिता विश्वकर्माले स्वास्थ्य क्षेत्रलाई बजेटको प्राथमिकतामा नराखिएको भन्दै आलोचना गरिन् । ‘दलित समुदायका लागि अधिकार सम्पन्न संरचना गठन गर्ने विषय नीति तथा कार्यक्रममा आए पनि बजेटले सम्बोधन गरेन,’ उनले भनिन् । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट कटौती गरेर मन्त्रीको क्षेत्रमुखी विकासका योजना मात्र आएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले अस्पतालहरूको स्तरोन्नतिको नाममा सरकारले शय्या थप्ने कुरामात्र गरेको भन्दै अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने विषय बजेटले नबोलेको बताए । ‘अस्पतालमा बेड मात्र राखेर स्तरोन्नति हुने हो कि दक्ष जनशक्ति र प्राविधिक पनि चाहिन्छ ?,’ उनले प्रश्न गरे । प्रदेश सांसद मोहनकुमार खड्काले बजेट सरकारको नीति तथा कार्यक्रमसँग मेल नखाएको टिप्पणी गरे । सरकारले हरेक पटक जनतालाई ढाँट्ने काम गरेको, आन्तरिक राजस्वले समेट्ने आकारमा मात्र चालू खर्चको व्यवस्थापन गर्नुपर्नेमा १२ अर्ब राजस्व आम्दानी अनुमान गरेको सरकारले १७ अर्ब चालू खर्चको प्रस्ताव गरेको, बजेटको आधार घट्दा सबै शीर्षकका बजेट घटेको भए पनि गाडी खरीद गर्ने बजेट भने गतवर्ष भन्दा धेरै विनियोजन गरिएको भन्दै उनले बजेटका कमजोरी औंल्याए । छलफलमा प्रदेशसभा सदस्यहरू शिवनारायण सिंह गन्गाई र लोकप्रसाद संग्रौलाले प्रदेशको आर्थिक अवस्था अधोगतितर्फ गएकाले अर्थविद्हरूको सहयोगमा सुधारको प्रयत्न गर्नुपर्ने बताए । सत्तारूढ दलका सांसद बलबहादुर साम्सोहाङले बजेटबाट सत्तापक्ष र प्रतिपक्ष कोही पनि सन्तुष्ट नभएको टिप्पणी गरे । बजेटको आकार प्रत्येक वर्ष घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले बजेटको आकार बढाउन आम्दानीको स्रोतहरू सृजना गर्नुपर्नेमा सरकारले त्यसतर्फ ध्यान नदिएको टिप्पणी गरे । जवाफमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेश सरकारले तत्काल ऋण लिन सक्ने अवस्था नरहेको बताए । बजेटको आकार घटेकाले मन्त्रालयगत शीर्षकका बजेट घटाउनु परेको र स्वास्थ्यमा पनि त्यसकै असर परेको उनले स्पष्ट पारे ।

कमल गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन

दमक (झापा)​ :  कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा न्यूनतम पाँच शय्याको कोभिड अस्पताल सञ्चलन गर्न निर्देशन दिएअनुसार गाउँपालिकाले अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल स्थानीय सरकारले सञ्चालनमा ल्याएको प्रदेश १ कै पहिलो कोभिड अस्पताल रहेको प्रदेश १ ...

https://www.onlinekhabar.com/2020/06/871154

२५ जेठ, विराटनगर । कोरोना भाइरस -कोभिड-१९) का संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले मोरङको गोठगाउँमा कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । यसअघि विराटनगर र धरानमा कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । अहिले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल …

प्रदेश एकमा ५० बेडको कोरोना विशेष अस्पताल सञ्चालन

प्रदेश १ सरकारले ५० बेड क्षमताको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।   विराटनगर महानगरपालिका– १० स्थित

विकट गाउँ महाकुलुङमा अस्पताल सञ्चालन

सोलुखुम्बु : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा प्राथमिक अस्पताल उदघाटन गरेका छन्। मुख्यमन्त्री राईले शुक्रबार महाकुलुङ–१ बुङमा निर्माण गरिएको १५ शय्याको अस्पतालको उद्घाटन गरेका हुन्। अस्पताल निर्माणका लागि ४६ लाख ८५ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक...