काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि परारष्ट्र मन्त्रालयलाई कूल ७ अर्ब १३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्ष २०७७/७८ मा परराष्ट्रले ६ अर्ब ३६ करोड १० लाख रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७६/७७ मा परराष्ट्र मन्त्रालयले ३ अर्ब ८१ करोड १४ लाख रुपैयाँ खर्च गरेको थियो।