एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब रेमिट्यान्स

३१ साउन, काठमाडौं । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीमार्फत १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको रेमिट्यान्स भित्रिएको हो । यो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको थियो । रेमिट्यान्स […]

सम्बन्धित सामग्री

२२औं वर्षमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स

काठमाडौं  । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड २२औं वर्षमा प्रवेश गरेको छ । विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाको हालसम्म निक्षेप संकलन रू. ७ अर्ब २६ करोड तथा कर्जा रू. ६ अर्ब २ करोड प्रवाह भएको बताइएको छ । संस्थाको चुक्तापूँजी रू. १ अर्ब १ करोड २१ लाख ७६ हजार रहेको छ ।  संस्थाले विगत ५ वर्षदेखि वार्षिक रूपमा ललितपुरको बुंगमतीमा रहेको अपांग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिनेगरी सम्झौता गरिएको बताइएको छ । २१औं वार्षिकोत्सवको अवसरमा नि:सहाय सेवा सदन, शान्तिनगरका ज्येष्ठ नागरिकलाई भोजन उपलब्ध गराइएको संस्थाले जानकारी दिएको छ । संस्थाका प्रधान कार्यालय समेत २३ शाखा कार्यालय र ४ एक्सटेन्सन काउन्टर छन् । संस्थाले एटीएम कार्ड, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, ईसीसी, आरटीजीएस, आईपीएस, कर्पोरेट पे, क्यूआर पेमेन्ट, सेफ डिपोजिट लकर, टपअप सुविधा, रेमिट्यान्स लगायत सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । व्यक्तिगत निक्षेप खाताका लागि रू. ५ लाखसम्मको निक्षेप बीमा गरिएको संस्थाले जानकारी दिएको छ ।

रेमिट्यान्स करिब ५ प्रतिशतले बढ्यो, एक वर्षमा १० खर्ब ७ अर्ब भित्रियो

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७८/०७९ मा रेमिट्यान्स करिब ५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा रेमिट्यान्स ४.८ प्रतिशतले वृद्धि भएर १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि...

एक वर्षमा १ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौँ - आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह गत वर्षको तुलनामा ४.८ प्रतिशतले बढेको छ। आ.व. २०७८/७९ को १२ महिनामा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भएर  १ खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि...

एक वर्षमा १ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौँ - आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह गत वर्षको तुलनामा ४.८ प्रतिशतले बढेको छ। आ.व. २०७८/७९ को १२ महिनामा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भएर  १ खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि...

४.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, गत वर्ष १० खर्ब ७ अर्ब भित्रियो

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष उक्त प्रतिशतले रेमिट्यान्स बढेको हो ।४.८ प्रतिशतले बढेसँगै रेमिट्यान्स आप्रवाह १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । यसैगरी, गत आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भइ ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आर्थिक व

रेमिट्यान्स ४.८ प्रतिशत बढ्यो, एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब

गत आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्सको आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्समा सुधार देखिएको छ ।

एक दिनमै ७ अर्ब निक्षेप थपियो तर बैंकर भन्छन् : यो वर्ष तरलता सहज हुँदैन

माघ १५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एक दिनमै रू. ७ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १२ र १३ गतेको बीचमा बैंकहरुमा यो रकम जम्मा भएको हो । एक दिनमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको भएपनि तरलता सहज यो वर्षभरी नै नहुने बैंकरहरुको भनाइ छ ।   अहिले पनि बैकहरुमा तरलता अभाव नै रहेको एक जना बैंकरले जनाकारी दिए । एक दिनमा रू.७ अर्ब बैंकहरुमा निक्षेप थपिएको भएपनि तरलता सहज हुन अझै समय लाग्ने ती बैंकरले बताए । ‘अहिले पनि सिडि रेसियो ९० प्रतिशतभन्दा माथि छ । अहिले त्यतिधेरै डिपोजिट बढिसकेको अवस्था हैन । २७ ओटा वाणिज्य बैंकहरुमा रू.७ अर्ब थपिनु कुनै ठूलो कुरा हैन’, उनले भने । रेमिट्यान्स घट्दै गएकाले पनि तरलतामा प्रत्येक्ष प्रभाव पर्ने गरेको ती बैंकरले बताए ।   १३ गतेसम्म बैंकहरुमा रू.४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जम्मा भएको निक्षेपमध्ये वाणिज्य बैंकहरुको रू.४३ खर्ब १ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी निक्षेप विकास बैंक र फाइनान्स कम्पनीहरुको रहेको छ ।   बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा र निक्षेपको अनुपात (सिडी रेसियो) मा पनि सुधार देखिएको छ । माघ १२ गते ९० दशमलव ६० प्रतिशत पुगेको सिडी रेसियो १३ गते शून्य दशमलव १२ विन्दुले घटेको छ । राष्ट्र बैंकले वेवसाइडमा राखेको तथ्यांक अनुसार १३ गते सिडी रेसियो घटेर ९० दशमलव ४८ प्रतिशत कायम भएको छ ।  राष्ट्र बैंकले वेबसाइटमा सिडि रेसियो वाणिज्य बैंकहरुको मात्र राखेको छ । सिडी रेसियो भनेको बैंकहरुले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कार्जाबीचको अनुपात हो । सिडि रेसियो बढ्दै गएर ९० प्रतिशतभन्दा माथि पुग्यो भने बैंकहरु ऋण दिन नसक्ने अवस्थामा छन् भन्ने बुझिन्छ । बैंकहरु ऋण दिने अवस्थामा नआउनुलाई तरलता अभाव (क्रेडिट क्रन्च) भनिन्छ । यसरी कर्जा प्रवाह निक्षेपको तुलनामा बढ्दै गएपछि राष्ट्र बैंककले मौद्रिक नीति २०७८/ ७९ मा वाणिज्य बैंकले आगामी असार मसान्तसम्म सिडि रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्ने व्यवस्था गरिदिएको छ ।  त्यस्तै अहिले तरलता स्थिर अवस्थामा रहेको भएपनि सहज हुन समय लाग्ने अर्का बैंकरले बताए । अहिलेकै अवस्था रहिरहने हो भने आगामी दिनमा पनि तरलता सहज हुने कुनै छाटकाँट नदेखिएको उनको भनाइ छ । ‘तरलता अहिले नबिग्रिएको अवस्था हो । जुन हिसाबले स्थिति बिग्रिदै गएको थियो, सरकारले स्थानीय तहमा पठाउने रकम ५० प्रतिशतलाई बढाएर ८० प्रतिशत बनाएपछि सिडी रेसियोलाई ट्राकमा ल्याइयो । त्यसबीचमा सिडी रेसियो घटेर ९० प्रतिशत तल झरेको थियो । फेरी सिडी रेसियो ९० प्रतिशतमाथि पुगेको छ । पहिला जस्तो क्रेडिट ग्रोथ भएको अवस्था छैन्,’ उनले भने । यो आर्थिक वर्षमा तरलता सहज भएर बैंकको ब्याजदर घट्ने कुने संकेत नरहेको उनले बताए ।  बैंकको ब्याजदर नघटे व्यापार/ व्यवसायलगायत शेयर बजारमा प्रभाव पर्ने एक लागनीकर्ताले जानकारी दिए ।