माओवादी केन्द्रकी सांसद यशोदा गुरुङले नागरिकता विधेयक पास गर्नैपर्ने अवस्था रहेको बताइन् । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको नेपाल नागरिकता विधेयक पहिलो संशोधनमाथि आफ्नो धारणा राख्दै उनले अहिले प्रस्तुत गरेको विधेयक फिर्ता लिने हो भने नागरिकता ऐन २०६३ क्रियाशील हुने बताइन् । यो विधेयक धेरै प्रगतिशील रहेको बताउँदै उनले अहिलेको विधेयक संविधान सम्मत रहेको बताउँदै नागरिकता ऐन २०६३ लाई क्रियाशील हुनबाट रोक्नका लागि सो विधेयक पास गर्न पर्ने बताइन् ।उनले भनिन्– ‘यदि