भावुक हुँदै यशोदा सुवेदीले गृहमन्त्रीलाई सोधिन्– के मनाङ झड्केलो छोरो हो ?

माओवादी केन्द्रकी सांसद यशोदा सुवेदीले मनाङमा भएको प्राकृतिक प्रकोपप्रति सरकारले आँखा चिम्लिएको गुनासो गरेकी छिन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मनाङलाई सरकारले झड्केलो छोराको व्यवहार गरेको आरोप लगाइन् । विपद् व्यवस्थापनका लागि सरकारले गरेको काम कारवाहीबारे भएको छलफलमा उनले भनिन्– ‘सिन्धुपाल्चोक र मनाङमा उस्तै बाढी पहिरोले क्षति पुर्याएको छ । मेलम्ची नजिक भएकोले अध्ययन अनुसन्धान भएको छ । मनाङको सवालमा अध्ययनमा के अध्ययन छ ।