सुर्खेत : डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो। जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।