पछिल्लो समय वाणिज्य बैंकहरूमा ब्याजदर घटाउन होडबाजी चलेको छ । कतिपय बैंकले मुद्दती खातामा ब्याजदर घटाउँदै एक वर्षभन्दा तलको निक्षेपको ब्याजदर ४ प्रतिशतमा सीमित गरेका छन् ।
एक वर्षभन्दा कम समयका लागि गरिने मुद्दती निक्षेपको ब्याजदर ७.५० प्रतिशतभन्दा बढी कुनै बैंकले पनि दिएका छैनन् ।
भदौ महिनामा मात्रै ८ प्रतिशत ब्याज दिएका बैंकहरूले पनि अहिले ब्याजदर घटाइसकेका छन् । बैंकहरूले निक्षेपमा धमाधम ब्याजदर घटाउन थालेपछि उपभोक्ताहरू निराश हुन थालेका छन् ।
कोरोना महामारीका बीचमा केही रकम बचाएर जम्मा गर्दा पनि ब्याजदर ...