२१ पुस, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबारदेखि रिले अनशन शुरु गरेको छ । वीरगञ्जको घण्टाघरमा प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिको आयोजनामा रिले अनशन शुरु भएको हो ।
जनकपुरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको चर्चा शुरु भएदेखि नै वीरगञ्जमा त्यसको विरोध …