मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको रिले अनशन शुरु

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् । विद्यार्थीले राखेको १८ बुँदे मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन शुरु गरेका हुन् । विद्यार्थीहरुले आफुहरुले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयले चासो नदेखाएको भन्दै चरणबद्ध आन्दोलनका क्रममा बुधबार रिले अनशन शुरु गरेका हुन् ।विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमै उत्रिएका छन् । विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन्

सम्बन्धित सामग्री

राजनीतिकाे रणभूमि बन्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा बेला–बेला हुने आन्दोलनले राजनीति रणभूमि बन्दै गएको छ। विद्यार्थी, शिक्षकहरूको आ–आफ्नो स्वार्थको लडाइँले विश्वविद्यालय रणभूमि बनेको हो।आन्दोलनको नाममा विभिन्न समूहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने रणनीति बनाएका छन्। विश्वविद्यालयमा दिनप्रतिदिन अनेक माग राखेर तथा कर्मचारी, उपकुलपतिको कमजोरी केलाउँदै आन्दोलन हुँदै आएको छ।संयुक्त विद्यार्थी संगठनहरूले अनलाइनबाट परीक्षा हुनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन चर्काउँदै रिले अनशन पनि जारी राखेका छन्