३८ दिनपछि तोडियो रिले अनशन

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो।अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र पछि बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए। बिहीबार कार्यक्रम आयोजना गरी रिले अनशन तोडेका छन्। वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे

सम्बन्धित सामग्री

एक सय २६ दिनपछि तोडियो अनशन

सप्तरी । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थलमा विगत १ सय २६ दिनदेखि जारी अनिश्चितकालीन रिले अनशन शुक्रबार तोडिएको छ । शिलान्यास भएको ३१ महिना बितिसक्दा पनि प्रतिष्ठानको काम हालसम्म अघि बढ्न नसकेको भन्दै स्थानीयवासीद्वारा गठित संघर्ष समितिको अगुवाइमा गत २६ असोजदेखि रिले अनशन थालिएको थियो । अलपत्र परेको प्रतिष्ठानको निर्माण कार्य यथाशीघ्र सुरु […] The post एक सय २६ दिनपछि तोडियो अनशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काँग्रेस जिल्ला सभापतिको अनशन तोडियो

विभिन्न माग राखेर चार दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्ने लगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिएका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसा

आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति, ४८ दिनदेखिको रिले अनशन तोडियो

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने सहमति भएको छ ।  नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित  पाँच बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै  स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड...