सानेपामा पौडेल पक्षीय जिल्ला सभापतिहरूको रिले अनशन सुरु

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका छन् । बुधबार विहान ११ बजेदेखि पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका हुन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउन लगायत उनीहरुको माग छ । उनीहरुको मागको सन्दर्भमा पौडेल पक्षीय शीर्ष नेताको बैठक बसिरहेको छ । क्रियाशील सदस्यताबारे भएको सहमति कार्यान्वयन, जिल्ला सभापतिहरूको माग लगायतका विषयमा पूर्व महामन्त्री प्

सम्बन्धित सामग्री

कांग्रेसको डडेल्धुराका नेता कार्यकर्ताको अनशन स्थगित

१३ मंसिर, काठमाडौं । पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स्थगित गरेको जानकारी दिए । जिल्लाबाट पठाएका […]

डडेलधुरा सभापति मल्लको टोलीले कांग्रेस मुख्यालयमा सुरू गर्‍यो रिले अनशन

डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता तथा कार्यकर्ताले ललिपतुरको सानेपास्थित केन्द्रीय कार्यालय बुधबारदेखि रिले अनशन थालेका छन् ।

काँग्रेस जिल्ला सभापतिको अनशन तोडियो

विभिन्न माग राखेर चार दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्ने लगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिएका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसा

कांग्रेस जिल्ला सभापतिहरूले रिले अनशन तोडे

प्रमुख सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूले रिले अनशन तोडेका छन् । अनशनको पाँचौँ दिन सहमतिपछि अनशन तोडिएको नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिए । शनिबार साँझ माग पूरा भएपछि...

कांग्रेस अधिवेशन : पार्टी कार्यालयमा रिले अनशन

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिलगायतका नेताहरुले क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने तथा सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि २४ घण्टे रिले अनशन शुरू गरेका छन् । अनशनको पहिलो दिन बुधबार नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, धादिङका जिल्ला सभापति रमेश धमला, […]

काँग्रेसमा लफडा : चाक्सीबारीमा पौडेल पक्षको बैठक, सानेपामा अनशन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गर्दै छन् । बुधबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन गर्न लागेका हुन् ।नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका उनीहरुले आजबाट रिले अनशन सुरु गर्न गर्दै छन् ।आज नुवाकोटका जिल्ला सभापति केसी, धादिङका जिल्ला सभापति रमेश धमला र काभ्रेका जिल्ला सभापति मधु आचार्यले अनशन गर्दै छन् ।आफूहरुका माग सम्बोधन भएसम्म रिले अनशन जारी राख्न

पाैडेल समूहका जिल्ला सभापतिहरु आजदेखि अनशन बस्ने

काठमाडाैँ – नेपाली कांग्रेसकाे पाैडेल समूहका जिल्ला सभापतिहरुले पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनशन बस्ने भएका छन्। क्रियाशील सदस्यताकाे सूची सार्वजनिक गर्न माग गर्दै साेमबार धर्ना बसेका नेताहरु आजदेखि अनशन बस्ने भएका हुन्। कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाले आजदेखि  २४ घण्टे रिले अनशन सुरु गर्न लागेकाे जानकारी दिए। क्रियाशील सदस्यताकाे सूची सार्वजनिक गर्नुपर्ने, त्रुटि […]