काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो । विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार […]