काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही सही भएको दाबी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले सरकारलाई असहयोग गरेपछि गभर्नर निलम्बन गरेको बताएका हुन्। प्रधानमन्त्रीको भनाइलाई उदृत गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले थाहाखबरसँग भने, ‘सरकारलाई सहयोग नगरेपछि हामीले उहाँलाई कारबाही गरेका हौँ। सरकारको निर्णय सही छ।’देशको अर्थतन्त्र ओरालो लाग