चीनले अमेरिकी सभामुख न्यान्सी पेलाेसीले ताइवानको भ्रमण गरेमा त्यसबाट उत्पन्न हुने सबै क्षतिको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिएको छ ।अमेरिकी सभामुख पेलाेसीले आउँदो अगष्टमा ताइवानको भ्रमण गर्ने सम्भावना रहेको छ । भ्रमणप्रति कडा आपत्ति जनाउँदै चीनले भ्रमणपछिका परिणाम वासिङ्टनले नै भोग्नुपर्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच यसै हप्ता टेलिफोन कुराकानी हुने सम्भावना रहेको बेला चीनको कडा चेतावनी आएको खबरमा उल्लेख छ ।चिनियाँ विदेश मन्त्रालयका प्र...