काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको चर्को विरोध गरेको छ। अध्यक्ष नारायणमान बिजुक्छेंले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको आरोप लगाएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ताइवान चीनको अभिन्न अङ्ग हो भन्नेबारे नेपाली शान्तिप्रिय जनता तथा कामदार जनता दृढ छन्। एसियाली र संसारका अन्य मानिसहरू झैँ नेपाली जनता पनि युद्ध चाहँदैनन्, शीतयुद्ध अगाडि बढेको मन पराउँ