१८ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको आरोप लगाएको छ । अध्यक्ष नारायणमान बिजुक्छेले बुधबार एक विज्ञप्ति जारी गरी अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेका हुन् । उनले ताइवानलाई चीनको अभिन्न अंग भन्दै त्यहाँ अमेरिकी सभामुख जानु अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि भनेको छ । […]