प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सहकार्यमा कांग्रेसलाई समेत जोड्ने पहल सुरु गरेका छन् । प्रधानमन्त्री पद गुमाएको कांग्रेसले राष्ट्रपतिमा अपेक्षा गरेको छ भने आफूलाई विश्वासको मत दिएका दलहरूको सरोकारलाई ‘सम्मान’ गर्न दाहालले मंगलबार सर्वदलीय बैठक गर्दै छन्, प्रधानमन्त्रीको पहलप्रति प्रमुख साझेदार एमाले भने असहज छ ।