उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार भएको भेटका क्रममा मन्त्री रिजालले मुलुकको अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थितिसमेत अहिले सकारात्मक रहेकाले विद्यमान आपूर्ति कोटामा वृद्धि गर्न कुनै कठिनाइ नभएको बताउनुभयो ।