काठमाडौं, कात्तिक २६ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति ब्यवस्था बढाउन केन्द्रीय बैंकसँग आग्रह गरेको हो । बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागका कार्यकारी […]