त्रिविले शिक्षक र विद्यार्थीलाई वर्षे र हिउँदे बिदा नदिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्ष शिक्षक,कर्मचारी र विद्यार्थीहरलाई वर्षे र हिउँदे बिदा नदिने भएको छ। कोरोना महामारीले पठनपाठन अवरुद्ध भएका कारण सिकाइलाई अगाडि बढाउन बिदा कटाैती गरिएको त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले एक सूचना जारी गरी जानकारी दिएका छन।कोरोना कारण भौतिक रुपमा पढाई नभएपनि वैकल्पिक माध्यमबाट पढाइ सुचारु भैरहेको उनको भनाई छ। उनका अनुसार रोकिएका परीक्षाहरु पनि उपयुक्त समयमा लिने सम्बन्धमा आवश्यक गृहकार्य भैरहेको छ। त्यस्तै, असहज परिस

सम्बन्धित सामग्री

लिमीको विद्यालयमा माइसन बीस डिग्री सेल्सियसमा पनि पढाइ जारी

सिमकोट- उत्तरी चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिका- ६ को हिमालपारिको गाउँ लिमीको एक विद्यालयमा तापक्रम माइनस बीस डिग्री सेल्सियसमा पनि पढाइ जारी राखिएकाे छ। लिमीको एकमात्र विद्यालय सुनखानी आधारभूत विद्यालयका शिक्षक बिकल तामाङले एक्कासि हिमपात हुँदा पनि विद्यालयमा पढाइ जारी राखिएको बताए। बालबिकासदेखि कक्षा छसम्म पठन-पाठन हुने उक्त विद्यालयमा हिउँदे बिदामा पनि पढाइ सुचारु भएको […]

प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

खोटाङ। प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिका छात्र/छात्राले विद्यालयमा ताला लगाएका छन् । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादवसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र/छात्राले ताला लगाएका हुन् । हिउँदे विदा सकिए पनि प्रअ र शिक्षक आइनपुगेपछि विद्यार्थीले ५ […]

जयपृथ्वीका इसिडी शिक्षकले पाउने भए थप रकम

बझाङ : जयपृथ्वी नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता (इसिडी शिक्षक) र विद्यालयका सहयोगी र लेखापालले संघीय सरकारले निर्धारण गरेको तलब सुविधा पाउने भएका छन्।नगरपालिकाले यही फागुन १ देखि पाउने गरी खाइपाइ आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक‚ विद्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुप दिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताए। नगर कार्यपालिकाको बैठक र हिउँदे अधिवेशनले उनीहरूलाई संघीय सरकारले उपलब्ध गराएको रुपैयाँमा थप ८ हजार रुपैयाँ थप गर्ने निर्णय गे

माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा भने नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाको कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ । यसवर्षको हिउँदे वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी बिदा दिइएको हो । विश्वविद्यालय रजिष्टार कार्यालयद्धारा जार विज्ञप्तिअनुसार हाल संचालनमा रहेका परीक्षाहरु भने यथावत संचालन हुनेछन् । यस्तै निकटमै परीक्षा […]

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस !

काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।साथै बैठकले २५ जनाभन्दा धेरै म...

वर्षासँगै हिमपात, हिउँफूलमै कक्षा सञ्चालन (फोटोफिचर)

लामो समयपछि बिहीबार रातिदेखि दार्चुलासहित देशव्यापी रूपमा हिउँदे वर्षा र हिमपात भएको छ । दार्चुलाको अपि हिमाल र व्यास गाउँपालिकामा गाउँसम्मै हिमपात भएको छ । डाँडाकाडा सबै हिउँले ढाकिएर सेताम्य भएका छन् । अपि हिमालस्थित खण्डेश्वरी माबिलगायत केही विद्यालयहरु हिमपातमै सञ्चालन भइरहेको छन् । आकासबाट हिउँफुल खसिरहेको छ, शिक्षक खडक लोथ्यालले भन्नुभयो, ‘विद्यार्थीहरु चौरमा बसेर रमाउँदै अध्ययन गरिरहेका छन् । कतिबेला घाम पर्ने र कतिबेला वर्षासँगै हिउँ पर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो बढेकोले जनजीवन भने कष्टकर बनेको छ ।’

कर्मचारीले असहयोग गरेको आरोप

गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले विद्यालयमा स्वयंसेवक शिक्षक कार्यक्रम कार्यान्वयन गर्ने कार्यमा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतले असहयोग गरेको आरोप लगाउनुभएको छ। अध्यक्ष बुढाले पत्रकार सम्मेलन गरी १२ औँ गाउँ सभाले पारित गरेको शिक्षण सिकाइ अनुदानमा कोटामा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने कार्यमा अवरोध गरिएको बताउनुभयो। अध्यक्ष बुढाका अनुसार सो प्रयोजनका लागि कार्यविधि–२०७९ समेत पारित गरी सो कार्यविधिअनुसार पदपूर्तिसम्बन्धी व्यवस्थालाई आन्तरिक मामिलाका रायसहित १३औँ हिउँदे सभामा समेत अनुमोदन गरिएको छ। यद्यपि सो कार्यक्रम कार्यान्वयन गर्न प्रशासकीय अधिकृतले आनाकानी गरेको आरोप अध्यक्ष बुढाको छ।