लामो समयपछि बिहीबार रातिदेखि दार्चुलासहित देशव्यापी रूपमा हिउँदे वर्षा र हिमपात भएको छ । दार्चुलाको अपि हिमाल र व्यास गाउँपालिकामा गाउँसम्मै हिमपात भएको छ । डाँडाकाडा सबै हिउँले ढाकिएर सेताम्य भएका छन् ।
अपि हिमालस्थित खण्डेश्वरी माबिलगायत केही विद्यालयहरु हिमपातमै सञ्चालन भइरहेको छन् । आकासबाट हिउँफुल खसिरहेको छ, शिक्षक खडक लोथ्यालले भन्नुभयो, ‘विद्यार्थीहरु चौरमा बसेर रमाउँदै अध्ययन गरिरहेका छन् । कतिबेला घाम पर्ने र कतिबेला वर्षासँगै हिउँ पर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो बढेकोले जनजीवन भने कष्टकर बनेको छ ।’