काठमाण्डाै – वाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा निर्धारण तथा समायोजन गरेको छ । काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आउँदो कात्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ ।
न्यूनतम दुरी पाँच किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा भएका गाडीले यसमा थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।
काठमाण्डौ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक गाडीको हकमा २३ प्रत...