दाङ – कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएका गाईजात्रा दाङमा यसपालि स्वास्थ्य सुरक्षाकाबीच छोट्याएर मनाइएको छ । घोराही उपमहानगरपालिका वडा १५ काठेकोहलमा रहेको भीमसेन मन्दिरमा नाचगान गरेर गाईजात्रा मनाइएको हो ।
वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।
राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निक...