माटोको भाँडा बनाएर नथाकेका ८५ बर्षीय दुःखराम भन्छन्, ‘पलास्टिकले माटोको भाँडा खाइदियो’

दाङ– गढवा बजारको आवरणले मात्रै छोपिएको छ कुमाल गाउँ । खरको छानो भएका साना घरहरू छन् । आँगनमा माटोका थुप्रा देखिन्छन् भने डिलमा थुपारेका दाउराका भारी ।