५५३ असई र ६६२ प्रहरी वरिष्ठ हवल्दारको बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६६२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् भने ६६२ जना प्रहरी बरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार सबैको जानकारीका लागि […]

सम्बन्धित सामग्री

१६९ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १६९ जना प्रहरी सहायक निरीक्षक(असई) लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १६९ जना असईलाई सईमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव जयश्वर रिमालले एक सूचना प्रकाशन गरी जानकारी दिए।

एकैपटक १८ हजार प्रहरी बढुवा हुँदै

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् । प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् । प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् । तृतीय श्रेणीमा प्रहरी वरिष्ठ ह...

एक दिनले गर्दा बढुवा हुन पाएका दुई भाग्यमानी सई

एक दिनले गर्दा बढुवा हुन पाएका प्रहरीका दुई भाग्यमानी सई मान्छेको भाग्य कस्तो हुन्छ, दैवलाई पनि थाहा हुँदैन भन्ने नेपाली कथन छ । त्यस्तै भयो नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकहरूको हकमा । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका– ६ का नेत्रबहादुर जर्गा मगर र ओखलढुंगाको चिचाङगढी गाउँपालिका– १ हेमबहादुर अधिकारी त्यस्तै भाग्यमानी प्रहरी हुन् ।  प्रहरी प्रधान कार्यालयको विषेश पहलमा सरकारले प्रहरी नियामवली– २०७१ को नवौं संशोधन गरेपछि उनीहरू १ दिनले प्रहरी सहायक निरीक्षक (असई)बाट प्रहरी नायब न...

नेपाल प्रहरीका ३६७ असईको बढुवा (नामावलीसहित)

काठमाडौं : नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अधिकारीहरु रहेका छन्।हेर्नुहोस् सूची

प्रहरीमा एकैपटक ३ सयभन्दा बढी असई प्रहरी नायब निरीक्षक पदमा बढुवा सिफारिस

एकैपटक ३ सयभन्दा बढी प्रहरी नायब निरीक्षक (सई)मा बढुवा सिफारिस नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६७ प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।  कार्यालयको बुधवार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।  को को परे बढुवा सिफारिसमा ? सूचीमा हेर्नुहोस्

३६७ जना नेपाल प्रहरीको सईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई […]

नेपाल प्रहरीका ९८ सइको बढुवा सिफारिस (सूचिसहित)

काठमाडौं : नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (असई) को प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएको छ।प्रहरी प्रधान कार्यालय अन्तरगतको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा केशब थापा छन् भने दोस्रोमा सुरेश ठाकुर र डम्वरदत्त भट्ट छन्।

भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सात प्रहरी पुरस्कृत

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा भएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायव निरीक्षक (सई) मा र प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नति भएका हुन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेको भन्दै उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । असई पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धान गरेका थिए । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका १० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका १ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न पनि थापाले भूमिका निर्वाह गरेका थिए । प्रहरी हवल्दार नरबहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भागरथी हत्या घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् । बैतडी दोगडाकेदार ...

प्रहरीमा एसपी बढुवा तयारीः १५ पदमा ३४ जना प्रतिस्पर्धी

काठमाडौँ । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई)बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुईजना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा