एक दिनले गर्दा बढुवा हुन पाएका प्रहरीका दुई भाग्यमानी सई
मान्छेको भाग्य कस्तो हुन्छ, दैवलाई पनि थाहा हुँदैन भन्ने नेपाली कथन छ । त्यस्तै भयो नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकहरूको हकमा ।
काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका– ६ का नेत्रबहादुर जर्गा मगर र ओखलढुंगाको चिचाङगढी गाउँपालिका– १ हेमबहादुर अधिकारी त्यस्तै भाग्यमानी प्रहरी हुन् ।
प्रहरी प्रधान कार्यालयको विषेश पहलमा सरकारले प्रहरी नियामवली– २०७१ को नवौं संशोधन गरेपछि उनीहरू १ दिनले प्रहरी सहायक निरीक्षक (असई)बाट प्रहरी नायब न...