३६७ जना नेपाल प्रहरीको सईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

सम्बन्धित सामग्री

१९ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए।

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले  ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए। बढुवाका लागि […]

१३ इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १३ इन्सपेक्टरको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । शनिबार बसेको नेपाल प्रहरी बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरूलाई सोही समूहतर्फको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिस सूची पढ्नोस्–

छायाँ देवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एसपी छायाँ देवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको हो ।बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीका अनुसार  प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो ।त्यस्तै, नेपाली प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश

थापालाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडाैं।प्रहरी नायब महानिरीक्षक(डीआइजी)सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको वढुवा समितिको बैठकले डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत छन्। योसँगै भावी आइजीपीका लागि थापा र विश्वराज पोखरेलबीच प्रतिस्पर्था हुने भएको छ।यसअघि पोखरेललाई आइजीपीका एक्लो दाबेदारका रूपमा अघि बढाइएपछि त्यसको आलोचना भएको थियो।

एआईजीमा बढुवा सिफारिस डा. सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं :  प्राविधिकतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी नेपाल प्रहरी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. आशा सिंहविरुद्ध पदीय दुरुपयोगको आरोपमा अख्तियार दुरुपयो अनुसन्धान आयोगमा उजुरी परेको छ।  भर्खरै मात्र एआइजीमा बढुवाका लागि सिफारिस भएकी डा. सिंहवि...