प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् । प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् । प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् । तृतीय श्रेणीमा प्रहरी वरिष्ठ ह...