भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सात प्रहरी पुरस्कृत

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा भएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायव निरीक्षक (सई) मा र प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नति भएका हुन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेको भन्दै उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । असई पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धान गरेका थिए । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका १० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका १ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न पनि थापाले भूमिका निर्वाह गरेका थिए । प्रहरी हवल्दार नरबहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भागरथी हत्या घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् । बैतडी दोगडाकेदार ...

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।  आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् । गएकाे माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको ...

भागरथी हत्या प्रकरण : प्रहरी अनुसन्धान कहाँ पुग्यो ?

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंका...

भागरथी हत्या प्रकरण : पाँचौं दिनसम्म के-के खुल्यो प्रहरी अनुसन्धानमा?

काठमाडौं : १७ वर्षीया भागरथी भट्टको शव फेला परेको पाँच दिन बितिसकेको छ। प्रहरीले घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गर्न भने सकेको छैन। तर घटनाको अनुसन्धानको दायर 'न्यारो डाउन' हुँदै गएको प्रहरीले दाबी गरेको छ। प्रहरीले अनुसन्धान थालेको पाँच दिनमा केही अनुसन्धानबाट केही तथ्य भने प्रमाणित भएका छन्। जसले प्रहरीको अनुसन्धानलाई…

भागरथी हत्या प्रकरण : सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी आफैं लागे घटनास्थलतर्फ

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार-७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ गएका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् …

भागरथी हत्या प्रकरण : सीडीओ, सरकारी वकिल, सीआइबी र एसएसपीको टोली घटनास्थलमा

बैतडीको दोगडाकेदार गाउँपालिका–कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका एसएसपीसहितको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीसहितको टोलीले अनुसन्धान गरिरहेका अवस्थामा थप सहयोगको लागि एसएसपी जनक पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एसएसपी मुकेश  सिंहले बताए । ‘यसभन्दा अगाडि कुकुरसहितको टोली अनुसन्धानको लागि गएको थियो । थप अनुसन्धानको लागि एसएसपी साबको टोली पनि गएको हो,&...

भागरथी हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीकी १७ बर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा प्रहरी बरिष्ठ उपरिक्षक नेतृत्वको टोली खटिएको छ । सनातन धर्म उच्चमावीमा कक्षा १२ मा अध्ययनरत भागरथी स्कुलबाट फर्कने क्रममा बुधवार हराएकी थिइन् । बिहिबार उनी पढ्ने सनातन धर्म उच्च माविबाट करिब ३ किलोमिटरको दूरीमा ...