नबिल इन्भेष्टमेण्टको लगानी व्यवस्थापन सेवा

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरूले वार्षिक शुल्क बापत वर्ष २०२२ को लागि केवल रु. २ हजार २२ रुपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । गैर–विवेकीय प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए बापत लगानीकर्ताहरूले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नु नपर्ने जनाएको छ । यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक त

सम्बन्धित सामग्री

प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा अफर

प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औँसीको अवसर पारेर लगानी व्यवस्थापनको विशेष अफर ल्याएको छ । कम्पनीले आमाको सम्मानस्वरूप सञ्चालन गरिएको लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शुल्क तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत रहने...

मेगा क्यापिटलको लगानी व्यवस्थापन सेवा

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दति निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट […]

मेगा क्यापिटलले ल्यायो लगानी व्यवस्थापन सेवा

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ वर्ष २०८० को अवसरमा २०:८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल रहेको मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएमा मात्र नाफा साझेदारी हुने बताइएको छ । यस सेवाअनुसार नाफाको २० प्रतिशत साझेदारी क्यापिटलले लिने र वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छूट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यसबाट ग्राहकले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पुग्ने क्यापिटलको विश्वास छ । न्यूनतम ३ लाख नगद वा शेयर हस्तान्तरण गरेर उक्त सेवा न्यूनतम १ वर्षका लागि लिन सकिने बताइएको छ ।

मेगा क्यापिटलकाे लगानी व्यवस्थापन सेवा अब स्वास्थ्य र पोर्टफोलियो दुवै सुरक्षित

मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा (पिएमएस) अन्तर्गत ग्राहक वर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा...

नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा लगानी व्यवस्थापन सेवा  संचालनमा

नबिल इन्भेष्टमेण्ट बैंकिङले लगानी व्यवस्थापन सेवा  संचालनमा ल्याएको छ । शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धी उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा  संचालनमा ल्याइएको कम्पनीको भनाइ छ ।  लगानीका बिभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरूले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी सन्तुलित लगानीबाट राम्रो प्रतिफल

एनआईसी एशिया क्यापिटलले कोरोना खोप लगाएकालाई निःशुल्क लगानी व्यवस्थापन सेवा दिने

एन आई सी एशिया क्यापिटलले कोरोना खोप लगाईसकेका नेपाली नागरिकहरुका लागि निःशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ ।  क्यापिटलले कोभिड खोपको दुवै डोज लगाईसकेका नेपाली नागरिकहरुलाई  २०७८ साल माघ ७ गतेदेखि  २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो । खोप लगाई यस अघि नै स्वास्थ्य सतर्कता अपनाएका तथा खोप लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ यो योजना संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ।क्यापिटलका अनुसार यस योजना अन्तर्गत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा लिदा पहिलो वर्ष निःशुल्क रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निणर्य लिने क्यापिटलले जनाएको छ। पछिल्लो समयमा पून: कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रुपमा बसी अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको क्यापिटलले उल्लेख गरेको छ । उक्त लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले  क्यापिटलको वेभसाईटमा गई भर्चुअल मिटिंगको लागि समय बुक गरि क्यापिटलले उपलब्ध गराएको लिंक मार्फत आवश्यक कागजात अपलोड गर्नु पर्ने क्यापिटलले जनाएको छ ।

शेयर लगानीकर्ताहरुका लागि नबिलको लगानी व्यवस्थापन सेवा

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुलेवार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २ हजार २२ रुपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । गैर–विवेकीय प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नु नपर्ने जनाएको छ ।यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक तथा गहन विश्ल

हिमालयन क्यापिटलको लगानी व्यवस्थापन सेवा

काठमाडौं (अस) । सर्वसाधारणलाई लगानीसम्बन्धी विभिन्न विशिष्टीकृत सेवा दिँदै आएको हिमालयन क्यापिटल लिमिटेडले लगानीकर्तालाई विशिष्टीकृत लगानी व्यवस्थापन सेवा दिने भएको छ । पुँजी बजारको नवीन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन अल्फा र यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन सिग्मा नामक लगानी व्यवस्थापन योजनाको विकास गरेको छ ।   हिमालयन अल्फा  योजनामा कम्पनीले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ । हिमालयन सिग्मा योजनामा कम्पनीले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ । सिर्जित प्रतिफलको वार्षिक मूल्यांकन गर्दा कम्पनीले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवाशुल्क लाग्नेछ । कम्पनीले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलभन्दा बढी प्रतिफल सिर्जना गर्न नसके अतिरिक्त सेवाशुल्क बुझाउनुपर्ने छैन ।

माछापुच्छ्रे क्यापिटलद्वारा एक अर्बको लगानी व्यवस्थापन

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छे« कृति क्यापिटलले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।हालै लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको कम्पनीको भनाइ छ […]