मेगा क्यापिटलले ल्यायो लगानी व्यवस्थापन सेवा

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ वर्ष २०८० को अवसरमा २०:८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल रहेको मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएमा मात्र नाफा साझेदारी हुने बताइएको छ । यस सेवाअनुसार नाफाको २० प्रतिशत साझेदारी क्यापिटलले लिने र वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छूट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यसबाट ग्राहकले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पुग्ने क्यापिटलको विश्वास छ । न्यूनतम ३ लाख नगद वा शेयर हस्तान्तरण गरेर उक्त सेवा न्यूनतम १ वर्षका लागि लिन सकिने बताइएको छ ।

सम्बन्धित सामग्री

मेगा क्यापिटल मार्केट्सले २० : ८० लगानी व्यवस्थापन सेवा प्रारम्भ

काठमाडौं । न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्सले २०ः८० लगानी व्यवस्थापन ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सेवा प्रारम्भ गरेको छ । पोर्टफोलियो अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा विद्ममान मुद्दती निक्षेपमा प्राप्त अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएमा मात्र नाफाको २० प्रतिशत नाफा साझेदारी ‘प्रिफमेन्स फि’ क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्क ‘एएमसी’ मा शतप्रतिशत छुट प्राप्त […]

मेगा क्यापिटलको लगानी व्यवस्थापन सेवा

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दति निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट […]

एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । क्यापिटलले डियरवाक ग्रुप लिमिटेड अन्तर्गत रहेका डियरवाक कम्पवेयर लिमिटेड र सिफल स्कुल लिमिटेडका कर्मचारीसँग यस विषयमा छलफल गरेको हो । कार्यक्रममा  सहभागीलाई नेपालको धितोपत्र बजार, खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड र खुलामुखी योजनाअन्तर्गत रहेको व्यवस्थित लगानी योजनासम्बन्धी जानकारी गराइएको थियो । कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा र बजारका विभिन्न लगानी उपकरणको बारेमा समेत छलफल भएको थियो ।

मेगा क्यापिटलकाे लगानी व्यवस्थापन सेवा अब स्वास्थ्य र पोर्टफोलियो दुवै सुरक्षित

मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा (पिएमएस) अन्तर्गत ग्राहक वर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा...

तीजको अवसरमा मेगा क्यापिटलको विषेश छुट

काठमाडौं, १३ भदौ । मेगा क्यापिटलले तीजको अवसरमा नारी सशक्तिकरणका पोर्टफोलियो सेवामा छुट दिने भएको छ । यो छुटबाट नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले लिएको छ । शेयर लगानी व्यवस्थापन सेवा पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा यस कम्पनीले गुणात्मक र परिमाणात्मक हिसावले […]