हिमालयन क्यापिटलको लगानी व्यवस्थापन सेवा

काठमाडौं (अस) । सर्वसाधारणलाई लगानीसम्बन्धी विभिन्न विशिष्टीकृत सेवा दिँदै आएको हिमालयन क्यापिटल लिमिटेडले लगानीकर्तालाई विशिष्टीकृत लगानी व्यवस्थापन सेवा दिने भएको छ । पुँजी बजारको नवीन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन अल्फा र यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन सिग्मा नामक लगानी व्यवस्थापन योजनाको विकास गरेको छ ।   हिमालयन अल्फा  योजनामा कम्पनीले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ । हिमालयन सिग्मा योजनामा कम्पनीले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ । सिर्जित प्रतिफलको वार्षिक मूल्यांकन गर्दा कम्पनीले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवाशुल्क लाग्नेछ । कम्पनीले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलभन्दा बढी प्रतिफल सिर्जना गर्न नसके अतिरिक्त सेवाशुल्क बुझाउनुपर्ने छैन ।

सम्बन्धित सामग्री

हिमालयन क्यापिटलको नयाँ योजना

हिमालयन क्यापिटल लिमिटेडले नयाँ वर्षको अवसरमा विशिष्टकृत लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ।...