क्यानडामा ५० वर्षमा पहिलो पटक प्रधानमन्त्रीले लगाए आपतकाल

 क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार विरोध प्रदर्शन रोक्नका लागि आपतकालीन शक्तिको प्रयोग गरेका छन् । अमेरिकासँग जोडिएको सीमा बन्द गरिएका छन् ।आपतकाल अधिनियमअन्तर्गत सरकारले प्रदर्शनकारीको कोषमा कटौती गर्ने उद्देश्यले यस्तो कदम उठाएको हो । ५० वर्षमा पहिलो पटक क्यानडामा आपतकाल लगाइएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार प्रधानमन्त्री ट्रुडोले मिडियासँगको कुराकानीमा भने, ‘यसरी नाकाबन्दी गर्दा हाम्रो अर्थव्यवस्थामा हानी पुगिरहेको छ र सार्वजनिक सुरक्षालाई पनि खतरामा पारिएको छ । ह

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले निर्देशन दिए पनि नीति नफेरिँदा विमानस्थलमा अलमल

विराटनगरकी रमा राईले दुबईमा काम गर्न थालेको करिब १२ वर्ष भयो । उहाँ कार्यरत कम्पनीले प्रायः तीन वर्षमा छुट्टी दिने गर्छ । यही छुट्टीको मेसोमा उहाँ अहिले नेपाल आउनु भएको छ । उहाँलाई छोराले मोबाइल ल्याइदिन भनेका थिए । तर, केही दिन अगाडि त्रिभुवन विमानस्थलमा विदेशबाट आएका नेपालीको मोबाइल जफत भएको कुरा सुनेपछि उहाँ मोबाइल ल्याउने नल्याउनेमा भन्ने दोधारमा पर्नुभयो ।  यस्तै दोधारकाबीच उहाँ मोबाइल नबोकी आउनु भयो । उहाँ भन्नुहुन्छ, ‘छोराले मोबाइल ल्यादिनु मामु भनेको थियो । तर, ल्याउँदा समाउने हो कि के हो...

ईपीजी प्रतिवेदन बुझ्न भारतद्वारा अझै अलटाल

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गर्दा लामो समयदेखि थन्किएको छ । प्रबुद्ध व्यक्ति समूहले तयार पारेको साझा प्रतिवेदन तयार भएको तीन वर्षमा पनि भारतका प्रधानमन्त्रीले बुझ्न इन्कार गरिरहेका छन् । भारतका प्रधानमन्त्रीले नबुझ्दा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बुझाउन सकिएको छैन । दुई देशको […]

भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी तीन परम्परा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।  नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो । भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन् । उनले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्व प्रधानमन्त्रीहरूसँग गरिने छलफल । यसभन्दा अघि देशका प्रधानमन्त्रीले अन्य दे

प्रधानमन्त्रीले राष्ट्रपतिलाई एकसाथ‍ बुझाए वार्षिक प्रतिवेदन

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन् । आइतबार शीतलनिवास पुगेका उनले राज्‍यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् । यस्तै प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले परिषद्‌को आर्थिक वर्ष २०७७/७८ को […]

सहरी विकासमा ३ वर्षमा ७ मन्त्री

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्।सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो। १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री भए ।

अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली नयाँ वर्षमा शुभकामना

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्।

संसद पुन:स्थापना नभए हरेक २ वर्षमा विघटन हुन्छ : वरिष्ठ अधिवक्ता संग्रौला

१४ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि बहस भइरहेको छ । बुधबार बहस गर्न आएका वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने बताएका छन् । संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने […]

चुनाव ५ वर्षमा हुने हो, प्रधानमन्त्रीले भन्दैमा हुँदैन : सांसद विडारी

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले ताजा जनादेशमा जाने विषय प्रधानमन्त्रीको आदेशको भरमा नहुने बताए । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले संविधानअनुसार ५ वर्षमा मात्र ताजा जनादेश लिने व्यवस्था रहेको धारणा राखे । ‘५ वर्षमा हुने चुनावलाई अढाइ वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ? संवैधानिक सर्वोच्चताको […]

नयाँ वर्षमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष २०२१ को अवसर पारेर विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन्। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदान प्रदानसहित कार्यक्रम राखिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। थापाका अनुसार विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरुको संयोजनमा हुन लागेको कार्यक्रममा प्रधानमन्त्री ओल