विराटनगरकी रमा राईले दुबईमा काम गर्न थालेको करिब १२ वर्ष भयो । उहाँ कार्यरत कम्पनीले प्रायः तीन वर्षमा छुट्टी दिने गर्छ । यही छुट्टीको मेसोमा उहाँ अहिले नेपाल आउनु भएको छ ।
उहाँलाई छोराले मोबाइल ल्याइदिन भनेका थिए । तर, केही दिन अगाडि त्रिभुवन विमानस्थलमा विदेशबाट आएका नेपालीको मोबाइल जफत भएको कुरा सुनेपछि उहाँ मोबाइल ल्याउने नल्याउनेमा भन्ने दोधारमा पर्नुभयो । यस्तै दोधारकाबीच उहाँ मोबाइल नबोकी आउनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘छोराले मोबाइल ल्यादिनु मामु भनेको थियो । तर, ल्याउँदा समाउने हो कि के हो...