काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना चार मन्त्री बर्खास्त गरेपछि जनता समाजवादी पार्टी (जसपा) ले यसको बदला प्रदेशमा लिएको छ। देउवाको निर्णय २४ घण्टा नबित्दै मधेश प्रदेश सरकारले कांग्रेसका तीन जना मन्त्रीलाई बर्खास्त गरेको हो। ‘अहिले कांग्रेसका तीन जना मन्त्रीलाई मात्रै हटाएका छौं’, जसपाका प्रवक्ता मनिष सुमनले भने, ‘माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीबारे तत्काल केही निर्णय भएको छैन।’मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास